नेता पौडेलद्वारा कोरोना संक्रमणबाट नेपाललाई जोगाउन अन्तरराष्ट्रिय सहयोगको अपिल — OSNepal

नेता पौडेलद्वारा कोरोना संक्रमणबाट नेपाललाई जोगाउन अन्तरराष्ट्रिय सहयोगको अपिल

LC (KTM) May 13, 2021 0

काठमाडौँ, ३० वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत नेपालमा अहिले देखिएको कोरोनाको संकट देशले आफ्नै बलबुताले पार पाउने अवस्था नदेखिएको जनाउँदै जीवन रक्षाका लागि मानवीयताका आधारमा नेपालीलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । नेता पौडेलले अक्सिजन र अस्पतालका अभावमा उपचार नै नपाएर दिनहुँ ज्यान गुमाउनेको संख्या सयौँ पुग्न लागेकामा चिन्ता पनि व्यक्त गर्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर