देश कोरोनाले महामारीमा फसेका बेला फेरी दोलखा भीमसेन मन्दिरको मुर्तीमा आयो पसिना — OSNepal

देश कोरोनाले महामारीमा फसेका बेला फेरी दोलखा भीमसेन मन्दिरको मुर्तीमा आयो पसिना

LC (KTM) May 08, 2021 0

दोलखा -दोलखा भीमसेन मन्दिरमा पुन पसिना आएको छ । दोलखाको सदरमुकाम चरिकोटमुन्तिर रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको हो । देश महामारीमा फसेको बेला पसिना आएपछि अनिष्ठ हुने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गुठी र पुजारीको हवाला दिदै मन्दिरको ड्युटीमा तैनाथ सुरक्षाकर्मीले भर्खरै यससम्वन्धी रिपोर्टिङ गरेका हुन् ।मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए ।

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।

पोहोर कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो । ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

यो पनि पढ्नुहोस- अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन : लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ ।

मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो ।

कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पु¥याएको छ ।

दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिनुभयो । उहाँले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाउनुभयो । “जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ”, प्रजिअ तिम्सिनाले भन्नुभयो, “अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ ।”

जिल्लामा आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २०३ रहेको छ । मेची प्रादेशिक अस्पतालमा रहेको ७५ श्ययाको कोभिड अस्पतालमा ५० श्यया सङ्क्रमितले भरिसकेको छ ।

अस्पतालको अनुगमन

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा रहेका सरकारी तथा निजी अस्पतालको अनुगमन शुरु गरेको छ । प्रजिअ तिम्सिनाले निजी तथा सरकारी अस्पतालको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितको उपचार अवस्थाका बारेमा जानकारी लिइएको बताउनुभयो ।

यहाा ४०० आइसोलेशन कक्षको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । मेची कोभिड अस्पतालमा ७५ श्यया आइसोलेशन र २५ श्यया एचडयू रहेको उहाँले बताउनुभयो । त्यसैगरी बी एन्ड सी हस्पिटलमा २५ श्ययाको आइसियु तथा भेन्टिलेटर र ७५ श्ययाको आइसोलेशन वार्ड सञ्चालनमा छ । मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० र विर्तासिटी अस्पतालमा २५ श्ययाको कोभिड उपचार कक्ष रहेको छ ।

मनमोहन सामुदायिक अस्पतालबाहेक अरू अस्पतालको कोभिड उपचारका लागि छुट्याइएका आइसोलेशन श्यया सङ्क्रमित बिरामीले भरिएका छन् । आइसियु र एचडियुसमेत भरिएका छन् । प्रजिअ तिम्सिनाले जिल्लाका १५ स्थानीय तहले पाँचदेखि ५० श्ययासम्मका कोभिड ओइसोलेशन कक्ष स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्रमितका लागि श्ययाको अभाव नरहेको बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा निजी अस्पताललाई आवश्यकताअनुसार अक्सिजनसहितका श्यया थप गरी सङ्कटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । मेची प्रादेशिक कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको उहाँको भनाइ छ । “मेचीमा जनशक्ति अभाव छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई जनशक्ति थपका लागि माग गरेका छौँ, जिल्लामा सकेसम्म जनशक्तिदेखि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षण सामग्रीमा कुनै अभाव हुन दिँदैनौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर