आईपीएलमा इतिहासकै महंगो खेलाडी बने इंग्ल्याण्डका अलराण्डर साम करन — OSNepal

आईपीएलमा इतिहासकै महंगो खेलाडी बने इंग्ल्याण्डका अलराण्डर साम करन

LC (KTM) December 23, 2022 0

काठमाडौं -इंग्ल्याण्डका अलराण्डर साम करन इण्डियन प्रिमियर लिगको अक्शनमा इतिहासकै महंगो मूल्यमा बिक्री भएका छन् । उनलाई पञ्जाब किंग्सले कीर्तिमानी १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो ।

बेस प्राइस २ करोड भारु लिने उननलाई पञ्जाब किंग्सले यति मोटो रकम दिएको हो । विश्वकपका फाइनलमा म्यान अफ द म्याच समेत बनेका उनी न् २०२२ को टी२० विश्वकपमा ‘प्लेअर अफ द टुर्नामेन्ट’ बनेका थिए ।

चोटका कारण २०२२ को आईपीएलको मेगा अक्शनमा नाम दर्ता नगराएका उनी २०२० र २०२१ मा चेन्नाईबाट खेलेका थिए । बायाँहाते अलराण्डर करन आईपीएल अक्शनमा आकर्षणको केन्द्र बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर