साबिक बिजेता लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको अन्तिम आठमा प्रवेश — OSNepal

साबिक बिजेता लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको अन्तिम आठमा प्रवेश

LC (KTM) December 23, 2022 0

साबिक बिजेता लिभरपुललाई हराउँदै म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । शुक्रबार राति साविक विजेता लिभरपुललाई ३-२ गोल अन्तरले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।रोमान्चक खेलको १० औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२० औं मिनेटमा फाबियो कार्भाल्होले गोल गर्दै लिभरपुल लाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई फेरि २-१ को अग्रता दिलाए ।लगत्तै ४८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा नाथन एकेले गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।अब सिटीले क्वाटरफाइनलमा साउथह्याम्पटनको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर