नेपाली भलिबल टोलीलाई लगातार तेस्रो हार — OSNepal

नेपाली भलिबल टोलीलाई लगातार तेस्रो हार

LC (KTM) December 24, 2022 0

काठमाडौं, ९ पुस – काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित बिहिन बनेको छ । शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ सेटमा पराजित भएको हो । नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ ।

बंगललादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५-१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५-२३ को जित निकालेको थियो । त्यस्तै तेस्रो सेट २५-१७ ले गुमाएको नेपालले चौथो सेट २५-१९ मा जित निकाल्दा अन्तिम सेटमा कीर्गिस्तानले १५-६ को जित सुनिश्चित गरेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ । नेपालले यसअघिको खेलमा बंगलादेश र श्रीलंकासँग पराजय ब्यहोरेको थियो । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर