यी हुन् आइपिएलको मिनी अक्सनमा मोटो रकममा किनबेच हुने खेलाडीहरु — OSNepal

यी हुन् आइपिएलको मिनी अक्सनमा मोटो रकममा किनबेच हुने खेलाडीहरु

LC (KTM) December 24, 2022 0

ईण्डियन प्रिमियर लिग आइपिएल २०२३ को मिनी अक्सनमा सम्पन्न भएको छ । ४ सय ५ जना खेलाडी मध्ये अक्सनमा ७७ खेलाडी पर्न सफल भएका छन् । यस अक्सनमा इंग्ल्यान्डका साम करनले इतिहासकै सर्वाधिक मूल्य प्राप्त गर्न सफल भएका छन् । इंग्ल्याण्डका कुरनलाई पन्जाब किंग्सले १८.५० करोड भारुमा अनुबन्धित गरेको छ । यस पटक अक्सनमा १५ करोड माथी मूल्य पाउने चार मध्ये दुई इंग्ल्यान्डकै खेलाडी छन् ।

वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरनलाई लखनउ सुपर जायन्ट्सले १६ करोड भारुमा किनेको हो । सनराइजर्स हैदराबादले फुकुवा गरेको आक्रामक ब्याटर पुरनले २ करोड न्यूनतम मूल्य राखेका थिए । पुरनले वेस्टइन्डिजबाट ५२ एकदिवसीय अन्तराष्ट्रिय र ७२ टि-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।

इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्सलाई चेन्नई सुपर किंग्सले १६.२५ करोड भारुमा अनुबन्ध गरेको छ । न्यूनतम मूल्य २ करोड राखेका स्टोक्सले स्टोक्सले गतवर्ष आइपिएल खेलेनन् । स्टोक्सले ४३ आइैपीएल खेलमा २ शतकसहित ९ सय २० रन बनाउदा २८ विकेट लिएका छन् ।

अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीनलाई पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले १७.५० करोड भारुमा अनुबन्ध गरेको छ । ग्रीनले आइपीएल इतिहासमा सर्वाधिक मूल्य पाउने दोस्रो खेलाडी हुन् ।

इंग्ल्यान्डका युवा अलराउन्डर साम करन आइपीएल इतिहासकै सर्वाधिक महँगो मूल्य १८.५० करोड भारुमा पन्जाब फर्किएका छन्। यस अघि अक्सनमा सर्वाधिक मूल्य २०२१ मा दक्षिण अफ्रिका क्रिस मोरिस थिए । मोरिसलाई राजस्थान रोयल्सले १६.२५ करोडमा किनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर