नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्यो , सडक अवरुद्ध — OSNepal

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्यो , सडक अवरुद्ध

LC (KTM) July 04, 2021 0

चितवन, २० असार – नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो ।राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर