देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी बाड्दैँ — OSNepal

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी बाड्दैँ

LC (KTM) December 25, 2022 0

रुषा थापा

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै विदेश नै जान चाहन्छन् । बच्चा होस् या बुढा सबैको जिब्रोमा छ , विदेश । सर्वसाधारणदेखि व्यापारी, सरकारी कर्मचारीदेखि राजनितिक दलका नेताहरुले सम्म आफ्ना छोराछोरी विदेश नै पठाउँछन् । विदेश गइपछि सुःखैसुःखै हुन्छ भनी मानिसहरु ऋणधन गरेर भएपनि विदेश नै जान चाहन्छन् । सानोतिनो व्यापारव्यवसाय गरेर नेपालमै बस्छु, नेपालको विकास गर्छु, सरकारलाई कर तिर्छुभन्दा भावना त कसैमा पनि छदैँ छैन । व्यापार गरेमा लगानी डुब्छ वा फाइदा हुदैँन भनेर त्यँही पैसा विदेश जान लगानी गरिन्छ । यतिमत्र नभई विदेश गइपछि पनि आफ्नो पुर्खेनी सम्पत्ति यँहाबाट बेचेर लगिन्छ । अब भन्नुस् के यो राम्रो काम हो ।

आमाबुबाहरु यता भ्रष्टाचार गरेर वा ऋणधन गरेर छोराछोरी विदेश पठाउँछन् तर मर्नेबेला त्यँही छोराछोरी पानी दिनेसमयमा पनि हुदैँनन् । पहिला छोराछोरी पठाउने समय खुशीखुशी पठाउँछन् र मेरा छोराले यो गप्यो तेरो छोरीले त्यो गरौँभन्दै भन्छन् तर मर्नेपछि काजक्रिया गर्ने समेत कोही हुदैँन । अहिले त आफ्ना छोराछोरी विदेश पठाउनेमा सबैभन्दा बढी नै भ्रष्टाचारी व्यक्तिहरु छन् । यँहा बसेर राज्यलाई कर छलेर वा भ्रष्टाचार गरेर पैसा कमाउँछन् र त्यो पैसाले छोराछोरीलाई उता विदेशमा घर किन्न लगाउँछन् र छोराछोरीको कमाइले किनेको दाबी छन् । यसले गर्दा देशको मुद्रासँगसँगै दक्ष जनशक्ति पनि बाहिरी रहेका छन् ।

अहिले राहदानी विभागमा जल्दाबल्दा युवाहरु अमेरिका, अस्ट्रेलिया जानको लागि लाइन लागिरहेका छन् । सरकार पनि नेपाली जनतालाई देशमै रोजगारी दिन नसकेपनि पैसा लिएर नागरिकता र राहदानी दिन सक्छ । तर यता मधेशमा आमाबुबा नेपाली भएपनि ७ लाख नेपाली मानिसहरु नेपाली नागरिकताबाट वञ्चित भइरहेका छन् । यो ७ लाख नेपालीको सरकार को हो भनेर अब राष्ट्रपतिले जवाफ दिनुपर्छ । खाडी मुलुकमा गएका मानिसहरुले त विदेश गएर पैसा पनि पठाउँछन् र नेपाल पनि फर्किन्छन् तर अमेरिका, अस्ट्रेलियामा पढ्न नाममा जाने मानिसहरुले नेपालको अर्थतन्त्र नै धरायसी बनाइरहेका छन् । उनीहरु आफु त गइनै रहेका छन् तर यँहा भएको पैसा पनि लगिरहेका छन् । आफ्नो स्वार्थका लागि यिनीहरुले आफु जन्मिएको देशमाथि नै खेलबाड गरिरहेका छन् ।
हामी नेपालीहरु नेपालमै जन्मिछौँ, नेपालकै भूमिमा बोल्नदेखि हिड्न सिक्छौँ र १२ सम्म पनि यँही पढ्छौँ तर १२ पासगर्ने बित्तिकै आफ्नो देशमाथि दाग लगाउँदै विदेश दौडिन्छौँ । त्यस्तै, यता आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने आमाबुबाहरु पनि अरुले तपाईँ नभनेपनि आफैँ तपाईँ भएर हिड्छन् । उनीहरु यसले गर्दा देश र देशको अर्थतन्त्रमा कस्तो असर परिरहेको छ भनेर सोच्दैँनन् ।

कन्सलट्रेन्सीले आफ्नो फाइदाका लागि नेपाली विद्यार्थीहरुलाई खर्सी बोकाझैँ बेच्दा सरकार के हेरिरहेको छ । जनसंख्याको आधारमा नेपालबाट विदेश गएका मानिसहरुले वर्षेनी १८ अर्बभन्दा बढी रकम नेपाल पठाउनुपर्छ तर यँहा त १० अर्ब पनि आउन धौँधौँ छ ।जो मान्छेले नेपालमा बसेर भ्रष्टाचार गरेर वा अन्य काम गरेर कालोधन्दा कमाएको छ त्यो मानिसले आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएर कालोधनलाई पनि सेतोधन बनाउँछ । पछिल्लो समय त्यसैले पनि नेपालमा भ्रष्टाचार गर्नेको र राजस्व छल्नेकोसंख्या बढीरहेको छ ।

नेपालबाट हुन्डीमार्फत वर्षेनी कति रकम विदेश पठाइन्छ भनेर नेपाल सरकारलाई थाहा छैन । यँहा पछिल्लो समय व्यापारव्यवसाय गर्नेहरुले वित्तिय संस्थाबाट ऋण लिने र डुब्यो भनेर त्यो रकम विदेशमा लगानी गर्ने गरिरहेका छन् । साथै, आफु अमेरिका, अस्ट्रेलिया पुगेपछि उनीहरु आफु त फर्केर आउँदैनन् तर यँहा भएको पुर्खेनी सम्पत्ति पनि बेचेर लैजान्छन् । नेपाली नागरिकता त्यागेपछि नेपालमा भएको सम्पत्ति भने त्याग्दैँनन् । यसरी अन्य मुलुकहरुले देशको अर्थतन्त्रलाई कंगाल पनि बनाइदिए र दक्ष जनशक्ति पनि लगे । नेपालीहरु नेपालमा सानोतिनो व्यवसाय गर्न वा रोजगार गर्न लाज मान्छन् तर अरुको देशमा गएर चर्पी सफा गर्नेदेखि भाडा धुनेसम्म काम गर्छन् ।

यता आफ्ना छोराछोरी पढ्ने नाममा अमेरिका, अस्ट्रेलिया पठाउँदा आमाबुबाहरु खुशीका साथ पठाउँछन्, उमेर हुनुन्जेल आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा छन् भनेर दाक लगाउँछन् तर मर्नेबेला सयपटक बोलाउँदा पनि छोराछोरी आउँदैनन् । यतिसम्म कि बुढेसकालमा साहारा र मर्नेपछि दागबत्ती दिने पनि कोही हुदैँन । सरकारले पछिल्लो समय कुनै छोरछोरीले आफ्नो जन्म दिने आमाबुबालाई बुढेसकालमा नपालेमा वडा वा नगरद्धारा त्यस्ता आमाबुबाहरु पालिने र उसको नाममा भएको सम्पत्ति पनि सबै सरकारकै नाममा हुने भनेर कानुन बनायो ।

तर अमेरिका, अस्ट्रेलिया भएका अभिभावकहरुले न बाँच्नुन्जेल राम्रो पालनपोषण पाउँछन् न मरेपछि दागबत्ती । तर यता अभिभावक मरेपछि आमाबुबाको नाममा भएको चलअचल सम्पत्ति भने लिएर छोराछोरी जान्छन् । त्यसैले, अब सरकारद्धारा नयाँ कानुन निर्माण गरिनुपर्छ । अमेरिका, अस्ट्रेलिया गएका मान्छेलाई वा नेपालको नागरिकता त्यागेर अन्य मुलुकको नागरिकता लिइसकेका मान्छेलाई आमाबुबा मरेपछि नेपालमा भएको सम्पत्ति बेचेर लग्न नपाइने वा उसको अंशपनि बेचेर लैजान नपाउने । साथै, त्यो सम्पत्ति सरकारको नाममा जाने ।

यो कानुन सरकारले बनाउन ढिलो भइसकेको छ । यस कानुनले मानिसहरु अमेरिका, अस्ट्रेलिया गएपछि पुर्खेनी सम्पत्तिको लोभमा नेपाल नै फर्किन्छन् । यदि सरकारले छिटोभन्दा छिटो यो कानुन निर्माण नगरे देशलाई ठूलो क्षति पुग्छ । अन्य मुलुकले हाम्रो देशको पैसासँगसँगै दक्षजनशक्ति पनि लगे । जसले गर्दा देशको विकास र अर्थतन्त्रमा ठूो संकट निम्ति रहेको छ । तर सरकार यसप्रति ध्यान दिदैँन । देशको अर्थतन्त्र श्रींलका भइसकेको छ, वित्तिय संस्थाहरु डुबिसके, बजारमा मन्दी छाई सक्यो र घरजग्गा, गाडी र सेयरको किनबेचमा पूरै गिरावाट आइसक्यो ।

नेपाल सरकार दिनप्रति दिन विदेशीको ऋणमा फस्दैँ गइरहेको छ र विदेशीसँग लिएको ऋण सरकारले तिर्न नसक्दा अब नेपाल कुन देशले लैजान्छ भनेर जनतामा बहस चलिसकेको छ । एक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार पुगिसकेको छ तर सरकारले यो ऋणको साँवाब्याज पनि तिर्न सकिरहेको छैन ।
अहिलेपनि नेपाली अभिभावकहरुले आफ्नो छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया पठाउनका लागि सुरुमै २० देखि २५ लाख खर्च गरिरहेका छन् । यसबाट त सरकार कंगाल भएको, वित्तिय संस्था डुबेको र व्यक्ति धनी भएको स्पष्ट बुझिन्छ । अब यो पैसा मानिसहरुले कहाँबाट जोडे त । यसको खोजी गर्ने काम त सरकारको होइन र ।

यँहा त सबै व्यवसाय गर्नेहरु राज्यलाई कर नतिरी सामान महंगोमा बेच्ने र सरकारी कर्मचारीहरु भ्रष्टाचार गर्ने काम भइरहेको छ । साथै, सरकारी कर्मचारीहरु पनि काम नगरी भ्रष्टाचार मात्र गर्ने । वित्तिय संस्थाका सञ्चालकm अध्यक्षहरु घुस खाएर घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने अनि जनताको रकम डुबाउने र आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने ।

तर यँहा घुस खाएर कमाएको पैसाले त्यँहा घरजग्गा किन्ने । तर सरकार यो कुरा कहिले बुझ्रने । के नेपालको शिक्षा त्यतिकै कमजोर भएको हो र सबै विद्यार्थी पढ्नका लागि विदेश जान । नेपालमा निजी कलेजदेखि सरकारी कलेजसम्मै प्रशस्तै छन् । तर यिनीहरुले नेपालको शिक्षामाथि नै हिलो छ्यापी रहेका छन् । यसरी यिनीहरुले नेपालको पूँजी पनि बाहिर लैजान्छन् र नेपालमाथि पनि घृणा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर