‘क्यानाडामा ध्रुवीय भालुको संख्या डरलाग्दो दरमा घट्दै’ — OSNepal

‘क्यानाडामा ध्रुवीय भालुको संख्या डरलाग्दो दरमा घट्दै’

LC (KTM) December 25, 2022 0

ओटाबा। क्यानाडा सरकारले गरेको नयाँ सर्वेक्षणले देशको वेस्टर्न हडसन खाडीमा रहेका ध्रुवीय भालुहरू डरलाग्दो दरमा मरिरहेका दर्शाएको छ। अन्वेषकहरूले गरेको अनुसन्धानमा त्यहाँ हाल ६१८ भालु रहेका छन्। ‘विश्वको भालुको राजधानी’ भनेर चिनिने उक्त क्षेत्रमा अघिल्लो वर्ष ८४२ भालु थिए ।

सर्वेक्षणले सन् २०११ देखि सन् २०२१ को बीचमा वयस्क भालु र भालुका छाउराहरूको संख्यामा उल्लेख्य गिरावट आएको उल्लेख गरेको छ । जलवायु परिवर्तनले भालुको संख्यामा गिरावट अएको सर्वेक्षणमा उल्लेख छ।

‘अवलोकन गरिएको गिरावट ध्रुवीय भालुहरूमा जलवायु परिवर्तनको जनसांख्यिकीय प्रभावहरूको सम्बन्धमा लामो समयदेखि गरिएको भविष्यवाणीसँग मेल खान्छ’, अनुसन्धानकर्ताहरूले भनेका छन्।

यस क्षेत्रमा भालुको संख्यामा गिरावट दशकौंदेखि जारी छ। सन् १९८०देखि ध्रुवीय भालुको जनसंख्या झन्डै ५० प्रतिशतले घटेको छ, जुन त्यतिबेला लगभग १२०० थियो।

सर्वेक्षणले छिमेकी क्षेत्रहरूमा भालुको शिकार र विस्थापन संख्या घट्नुको मुख्य कारकको रूपमा उल्लेख गरेको छ। यद्यपि, ध्रुवीय भालुको जनसंख्यामा तीव्र गिरावटको सबैभन्दा ठूलो कारण सुदूर उत्तरमा बरफ पग्लनु रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर