ओली र नेपालको भेटवार्ता: फागुन २८ को निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्किने सहमतिको नजिक — OSNepal

ओली र नेपालको भेटवार्ता: फागुन २८ को निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्किने सहमतिको नजिक

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का वरिष्ठ नेता माधव नेपाल बिच भएको साढे चार घण्टा छलफलमा नेपाल समुहको राजीनामा तत्कालाई टरेको छ । अध्यक्ष ओली नेपाल समुहको माग प्रति सहमति जनाउँदै त्यसबाट कसरी अगाडी बढ्ने विषयमा छलफल भएको बुझिएको छ । आज दुई नेताबिच पार्टी एकताको लागि निणार्यक वार्ता भनिएको भेटवार्ता बुढानिलकण्ठ स्थित चपलीमा व्यवसायी रामेश्वर थापाको घरमा भएको हो ।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लानुपर्ने भन्दै माग राख्दै आएको नेपाल समुहकोमाग प्रति अ‍ोलीले यस विषयमा कसरी अगाडी बढ्ने भनेर छलफल गर्दै जाने सहमति भएको छ । भने फागुन २८ को निणर्य पनि फिर्ता हुने सहमति भएको स्रोतले जनाएको छ । ‘मैले प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भयो ।’ फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेका छौँ’नेपालले भने । यस विषयमा छलफल गर्न यसका लागि कार्यदल बनाइने साथै विभिन्न तहमा वार्ता हुने नेपालले बताएका छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दिएको तिन दिनको समय आज राति नौबजे बाट सकिँदैछ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर