युरोकप : युक्रेनको पोस्टमा गोलको वर्षा गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा, कप्तान ह्यारी केनले गरे कमाल — OSNepal

युरोकप : युक्रेनको पोस्टमा गोलको वर्षा गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा, कप्तान ह्यारी केनले गरे कमाल

LC (KTM) July 04, 2021 0

काठमाडौं । युरोकपमा युक्रेनलाई ४ -० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । मध्यम स्तरको टिम युक्रेनलाई खाता नै खोल्न नदिई आँफुले गोलको वर्षा गर्दै इंग्ल्याण्ड २५ वर्षपछि युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

युक्रेनलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले २ गोल गरे भने ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एक एक गोल गरेको खेल रोमाञ्चक बनेको भियो । खेल सुरु भए लगत्तै कप्तान केनले गोल गरेपछि युक्रेन दबाबमा त पर्यो तर गोल गर्न नसके पनि उसले अन्तिम समयसम्म प्रतिस्पर्धा जारी राख्यो ।

तर खाता नै खोल्न सकेन । इंग्ल्याण्डले ४ मिनेट, ४६ औं मिनेट, ५० औं मिनेट र ६३ औं मिनेटमा गरेर ४ गोल जोड्न सफल भएको हो । इग्ल्याण्डका लागि वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल गरेपछि अहिले उनको चर्चा चुलिएको छ ।

माउन्टको कर्नरमा अनमार्क रहेका हेन्डरसनले सहजै हेडर गोल गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल पनि हो । इंग्ल्यान्डले फाइनल प्रवेशका निम्ति डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर