दुनियाकै यि अनौठा बाबु आमा, जसले कार किन्ने इच्छा पूरा गर्नका लागि आफ्नै नाबालक सन्तानलाई बेचे — OSNepal

दुनियाकै यि अनौठा बाबु आमा, जसले कार किन्ने इच्छा पूरा गर्नका लागि आफ्नै नाबालक सन्तानलाई बेचे

LC (KTM) May 13, 2021 0

काठमाडौं । आफ्ना बच्चा बेचेर गाडी खरिद गरेका आमाबाबुलाई कहिल्यै देख्नु भएको छ । भारतको कन्नौजस्थित तिर्वा कोतवाली क्षेत्रको सतौरा गाउँमा एकजोडीले आमा–बाबुले आफ्ना सन्तानलाई बेचेर गाडी किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कार किन्नका लागि यी आमा–बाबुले आफ्ना तीन महिनाको नवजातु शिशुलाई बेचेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमा र बाबुसँग सोधपुछ गरेपछि उनीहरुले आफ्नो कर्तुत स्विकारेका छन् ।

गुरसहायगन्ज निवासी हजुरआमाले फोन गरेर सोध्दा उनकी छोरीले नातिका विषयमा प्रश्न गर्दा कुनै उत्तर नदिएको बताइएको छ । उक्त जोडीले डेढ लाख रुपैयाँमा एक व्यापारीलाई शिशु बेचेको स्विकारेका छन् ।यो खबर सत्य भएसँगै उनीहरुका आफन्तहरु समेत दंग परेको र उनीहरुबाट टाढिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर