तीन उपप्रधानमन्त्री सात मन्त्रीले पनि लिए शपथ — OSNepal

तीन उपप्रधानमन्त्री सात मन्त्रीले पनि लिए शपथ

LC (KTM) December 26, 2022 0

काठमाडौं, ११ पुस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उनीहरूले शपथ लिएका हुन् ।

विष्णु पौडेलले उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार, रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका छन् । तर उनीहरूको मन्त्रालय तोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर