उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण — OSNepal

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

LC (KTM) December 26, 2022 0

काठमाडौं, ११ पुस-प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।

यो पनि: फर्पिङको उत्खननमा भेटियो पुरातात्विक महत्त्वका महत्त्वपूर्ण संरचना- पुरातत्व विभागले दक्षिणकाली नगरपालिकाको फर्पिङमा गरेको उत्खननमा पुरातात्विक महत्त्वका महत्त्वपूर्ण संरचना भेटिएको जनाइएको छ । विभागले केही समयअघि गरेको उत्खननमा भेटिएका ती सामग्रीका बारेमा परीक्षणसहित प्रतिवेदन तयार भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । पाइएका सांस्कृतिक महत्त्वको सामग्रीको परीक्षण र प्रतिवेदन तयारीपछि त्यसलाई सार्वजनिक गर्ने तयारी भएको छ ।

विभागले पशुपति क्षेत्रको विश्वरुप मन्दिरको फाउन्डेसनको पनि उत्खनन गरेको छ । भूकम्पले भत्किएको मन्दिर पुनःनिर्माण गर्नुअघि उत्खनन गरिएको हो । फाउन्डेसनको उत्खननपछि पुनःनिर्माण सुरु गरिएको जनाइएको छ । यसको विस्तृत प्रतिवेदन निर्माणको काम भइरहेको छ । यसैगरी विभागले कपिलवस्तु जिल्लाको तिलौराकोटलगायत तीन ठाउँमा पनि उत्खनन गरेको छ । ती उत्खननबाट पुरातात्विक महत्त्वका महत्त्वपूर्ण सामग्री पाइएको जनाइएको छ । कपिलवस्तुका १६ स्थानमा भने भूभौतिक सर्वेक्षण गरिएको पनि प्रवक्ता कुँवरले सुनाउनुभयो ।

नवलपरासीको पण्डितपुरमा पनि विभागले भूभौतिक सर्वेक्षण गरेको छ । कपिलवस्तु र नवलपरासीमा गरिएको सर्वेक्षणको पनि प्रतिवेदन आउने क्रममा रहेको जनाइएको छ । कपिलवस्तुको उत्खनन र भूभौतिक सर्वेक्षणले बुद्धकालीन समयका थप संरचना भेटिएको विभागले सार्वजनिक गरेको सङ्क्षिप्त प्रतिवेदनमा उल्लेख छ ।विभागले राम जन्मभूमि हो भनी दाबी गरिएको पर्सा जिल्लाको ठोरीलगायत क्षेत्रको भने अध्ययन गरेको जनाएको छ । पर्सासहित मधेस प्रदेशका पाँच जिल्लाको अध्ययन सकी प्रतिवेदन तयारीको काम भइरहेको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गरी उत्खननमा अघि बढ्ने लक्ष्य राखेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर