मन्त्रीपरिषदमा प्रतिपक्षको भुमिकामा बस्ने भनेरै शीर्ष नेतालाई प्रतिबद्ध बनाएर सरकारमा आएका हौ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने — OSNepal

मन्त्रीपरिषदमा प्रतिपक्षको भुमिकामा बस्ने भनेरै शीर्ष नेतालाई प्रतिबद्ध बनाएर सरकारमा आएका हौ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने

LC (KTM) December 26, 2022 0

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूहरु सत्तामा रहेर पनि प्रतिपक्षको भुमिकामा रहने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गरिसके पछि संचारकर्मी संग मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन् ।

उनले क्याबिनेट भित्र पनि प्रतिपक्षको आवश्यकता रहने बताउँदै त्यहाँ भएक कुनै गलत कदमहरुको डटेर सामना गर्ने प्रतिबद्धता जनाए ।

उनले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताए । लामिछानेले भने क्याबिनेटमा भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ ।

आफुहरु सत्तामा त्यतिकै नआएको बताउँदै यस्ता कुरा स्पष्ट रुपमा राखेर सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको दावी गरे । सरकारले जे गर्छ त्यसलाई आँखा चिम्लिएर समर्थन नगरिने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर