भ्रष्टाचार नियन्त्रण केन्द्रित हुने छु : मन्त्री श्रेष्ठ — OSNepal

भ्रष्टाचार नियन्त्रण केन्द्रित हुने छु : मन्त्री श्रेष्ठ

LC (KTM) December 26, 2022 0

काठमाडौं, ११ पुस -नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार न्युनिकरणमा केन्द्रित हुने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले भ्रष्ट्राचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताए ।

उनले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर सम्बृद्धिमा फड्को मार्नु भएको दाबी गरे । उनले जनताको अपेक्षा अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी खाद्यान्न, आवास, खानेपानी लगायतलाई उपलब्ध गराउनुपर्ने भएकाले सोही अनुसार अनुरुप काम गर्ने बताए ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरू र आफू अनुकूल ऐन, कानुनहरू बनाउनेहरूको दिन गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर