नागरिकता छानबिनको माग गर्दै रवि लामिछाने विरुद्ध नेविसंघको प्रदर्शन — OSNepal

नागरिकता छानबिनको माग गर्दै रवि लामिछाने विरुद्ध नेविसंघको प्रदर्शन

LC (KTM) December 27, 2022 0

काठमाडौं । गृहमन्त्री रवि लामिछाने गृहमन्त्री बनेलगत्तै उनको गृहनगर चितवनमा खुशीयाली छाइरहँदा काठमाडौँमा भने उनको विरुद्धमा प्रदृशन सुरु भएको छ । गृहमन्त्री लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ ।

प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले शीतल निवास अगाडि प्रदर्शन गरेका थिए ।

यसैबिच नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सरकारको उप–प्रधान तथा गृहमन्त्री बने लगत्तै रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने बताएका छन् ।

गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले उक्त निर्णय गरेका गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता सह–सचिव फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्री ज्यूले ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गर्नुभएको छ’ ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । पन्तका दोषीलार्य अहिलेसम्मका सरकारले त्यति तत्परता देखाएर खोजी नगरेको नागरिक स्तरबाट आवाज उठ्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर