५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल — OSNepal

५ वर्ष ७ महिनापछि सिंहदरबारमा दाहाल

LC (KTM) December 27, 2022 0

काठमाडौं, पुस १२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ५ वर्ष ७ महिनाअघि नेतृत्व हस्तान्तरण गर्दै सरकारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तिनै देउवालाई विस्थापित गर्दै तेस्रोपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

पूर्वसहमतिअनुसार एमालेले सरकारको नेतृत्व नदिएको भन्दै कांग्रेसको समर्थनमा २०७३ साउनमा दोस्रोपटक दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए । २०७४ जेठ १० गते कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्दै दाहाल सिंहदरबारबाट बाहिरिएका थिए ।

सरकारको नेतृत्वबाट बाहिरिएको केही महिना बित्न नपाउँदै कांग्रेस नेतृत्वको गठबन्धन सरकारमै रहेको माओवादीले एमालेसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गर्दै पार्टी एकीकरण गरेको थियो । तर, तत्कालीन नेकपाका दुई अध्यक्षमध्ये एक केपी शर्मा ओलीले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व नदिएपछि दाहाल असन्तुष्ट बनेका थिए ।आजको नागरिक दैनिकमा खबर छ ।

दाहाल र ओलीबीचको दुरी बढ्दै जाँदा पार्टी एकीकरण पूरा नहुँदै दुवै नेताले आआफ्नो बाटो रोजेका थिए । यसपटक कांग्रेससँग मिलेर स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका दाहाल एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर