कोरोना संक्रमणबाट काठमाडौँमा मात्र एक हजार सात जनाको निधन — OSNepal

कोरोना संक्रमणबाट काठमाडौँमा मात्र एक हजार सात जनाको निधन

LC (KTM) May 13, 2021 0

काठमाडौँ, ३० वैशाख- पछिल्लो २४ घण्टामा आठ हजार ९६० जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । कूल २० हजार २४५ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कूल पाँच हजार ५५ जना निको भएका छन् भने २१४ जनाको निधन भएको छ । हाल कूल ७४ दशमलव ६ प्रतिशत बराबरको निको हुने दर देखिएको छ ।

यस्तै, हालसम्म चार हजार ४६६ जनाको कोरोनाका कारण निधन भएको छ । पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ । यस्तै, तीन लाख २१ हजार ५१८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल २७ लाख १२ हजार ५६२ जनाको रियल टाइम पिसिआर गरिएको छ ।यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार ४५३ जना निको भएका छन् । यस्तै एक हजार सात जनाको निधन भएको छ ।

भक्तपुरमा कूल चार हजार ७५३ जना सक्रिय संक्रमित छन् भने १० हजार ६१४ जना निको भएका छन् भने २०१ जनाको निधन भएको छ । विवरण अनुसार ललितपुरमा कूल छ हजार ८४० जना सक्रिय संक्रमति रहँदा १९ हजार २१५ जना निको भएका छन् भने २७२ जनाको ज्या न गएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर