बाजुरामा एक साताका लागि निषेधाज्ञा थपियो — OSNepal

बाजुरामा एक साताका लागि निषेधाज्ञा थपियो

LC (KTM) May 13, 2021 0

मार्तडी,३० वैशाख- बाजुरामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । अब निषेधाज्ञा जेठ ७ गते राति १२ः०० बजेसम्मका लागि लगाइएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

श्यया हस्तान्तरण
स्वास्थ्य कार्यालयले जिल्लामा रहेका छ स्थानीय तहलाई ५० श्यया (मेडिकल वेड) हस्तान्तरण गरेको छ । कार्यालयले इच्छाकामना गाउँपालिका बाहेक अन्य स्थानीय तहलाई मेडिकल वेड, तन्ना, कम्बल र सिरानी हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना गरी सामान्य उपचार, अक्सिजन तथा स्वास्थ्य सल्लाह प्रदान गर्न सहयोग पुग्ने उद्देश्यले श्ययाहरु हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको उपस्थितिमा भरतपुर महानगरपालिका, रत्ननगर , खैरहनी, कालिका , राप्ती र माडी नगरपालिकालाई कार्यालय प्रमुख दीपक तिवारीले ती सामाग्री हस्तान्तरण गर्नुभयो ।

कार्यालयलाई स्वास्थ्य मन्त्रालयबाट प्राप्त ती सामाग्रीहरु महानगरपालिकालाई २५ थान, रत्ननगर, खैरहनी, कालिका, राप्ती र माडी नगरपालिकालाई पाँच÷पाँच थान हस्तान्तरण गरिएको कार्यालयका प्रशासकीय अधिकृत शिवशर्मा पौडेलले जानकारी दिनुभयो । (रासस)ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर