बालुवाटार छाडेर भाडाको घरमा सरे काँग्रेस सभापति देउवा — OSNepal

बालुवाटार छाडेर भाडाको घरमा सरे काँग्रेस सभापति देउवा

LC (KTM) December 28, 2022 0

काठमाडौं, १३ पुस  : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् ।

सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन् ।

बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सरेका छन् । 

२८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि बसुन्धरामा सरेका हुन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर