एकाएक नजिक भएका ओली र प्रचण्डको दिनहुँ भेट हुन थाल्यो, खुमलटारको कौसीमा भेटीए प्रचण्ड र ओली — OSNepal

एकाएक नजिक भएका ओली र प्रचण्डको दिनहुँ भेट हुन थाल्यो, खुमलटारको कौसीमा भेटीए प्रचण्ड र ओली

LC (KTM) December 28, 2022 0

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुगेका हुन् । 

सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।  

‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ । 

तस्बिर साैजन्य : प्रधानमन्त्री प्रचण्डकाे सचिवालय
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर