सरकारमा जाँदै माधव नेपाल पनि : प्रचण्ड, ओली र माधव नेपालले गरे गोप्य वार्ता — OSNepal

सरकारमा जाँदै माधव नेपाल पनि : प्रचण्ड, ओली र माधव नेपालले गरे गोप्य वार्ता

LC (KTM) December 28, 2022 0

काठमाडौं, १३ पुस । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो । 

मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो । 

यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ  भने, अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको छ । 

उक्त वार्तालाई निर्णायक हुने आंकलन गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर