कांग्रेस बागमती प्रदेश दलको नेतामा लामा निर्वाचित — OSNepal

कांग्रेस बागमती प्रदेश दलको नेतामा लामा निर्वाचित

LC (KTM) December 28, 2022 0

काठमाडौं, १३ पुस:नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए ।

लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् । कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुगेका थिए । मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाएकी डिनाले लामालाई दलको नेता जिताएर बदला लिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर