मैत्रीपुर्ण खेलमा स्पेन संग नेपाल तीन शुन्यले पराजित — OSNepal

मैत्रीपुर्ण खेलमा स्पेन संग नेपाल तीन शुन्यले पराजित

LC (KTM) December 28, 2022 0

स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपी संग नेपालको गण्डकी-११ लाई पराजित भएको छ । पोखरा रंगशालामा बुधबार भएको मैत्रीपूर्ण खेलमा कासेरेन्योले गण्डकी लाई ३-० गोल अन्तरले पराजित गरेको हो । कासेरेन्योको जितमा कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बेर्मुले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा कार्मेलो, ३० औं मिनेटमा मिगुएलले र ९० औं मिनेटमा बेर्मुले गोल गर्दै कासेरेन्योलाई ३-० को जित दिलाएका हुन् । नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल आएको हो । अब कासेरेन्योले भोली दशरथ रंगशालामा काठमाडौं-११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर