जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि बिवाईएससीलाई — OSNepal

जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि बिवाईएससीलाई

LC (KTM) December 28, 2022 0

झापाको दमक ३ स्थित बेलडाँगी खेल मैदानमा सञ्चालित प्रथम आमन्त्रण जय हुमागाई स्मृति गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि बिवाईएससी मिन्नेसोटा अमेरिकाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सलहेश युवा क्लव सिराहालाई १–० गोल पछि पार्दै बिवाईसीले प्रतियोगिताको उपाधि हात पारेको हो ।

बिवाईसीले उपाधि संगै नगद रु ५ लाख ,ट्रफि प्राप्त गरेको छ भने उपविजेता सहलेश युवा क्लवले नगद रु ३ लाख सहितट्रफि तथा प्रमाणपत्र पाएको छ । खेल शुरु भएको ३४औं मिनेटमा बिवाईसीका मेजुयल पेलपोक्सले जितका लागि निर्णायक गोल गरेका थिए । खेलको म्यानअफ दी म्याच बिवाईसीका मेजुयल ,उत्कृष्ट गोल किपर पुजन थापा मगर घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर