बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा नेपाली टिमले तहल्का पिट्दै , पुरुष र महिला दुबै टोलीको जित — OSNepal

बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा नेपाली टिमले तहल्का पिट्दै , पुरुष र महिला दुबै टोलीको जित

LC (KTM) December 28, 2022 0

बंगलादेशमा चलिरहेको सीएभीए बिच भलिबल प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । बंगलादेशको कक्स बजारमा आज भएको पुरुषतर्फ नेपालले माल्दिभ्सलाई २-१ को सेटमा हराएर लगातार दोस्रो जित हात पार्न सफल भएको हो ।

नेपालले आज नै भएको पहिलो खेलमा आयोजक बंगलादेशलाई हराएको थियो । मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपालले पहिलो सेट १७-२१ ले गुमाएकोमा दोस्रो र तेस्रो सेट क्रमशः २१-१४ र १५-९ ले जितेको थियो । पुरुषतर्फ बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, भारत, माल्दिभ्स र किर्गिस्तान रहेको छ ।

महिलातर्फ पनि नेपालले बंगलादेशलाई २-० को सेटमा हराएर दोस्रो जित हात पारेको छ । महिलातर्फ आयोजक बंगलादेश, श्रीलंका, नेपाल र उज्वेकिस्तानको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर