रोनाल्डोलाई पछ्याउदै उनका छोरा लिटिल क्रिस्टियानो, युनाइटेड छाड्दै रियलसँग आबद्ध — OSNepal

रोनाल्डोलाई पछ्याउदै उनका छोरा लिटिल क्रिस्टियानो, युनाइटेड छाड्दै रियलसँग आबद्ध

LC (KTM) December 29, 2022 0

काठमाडौं -क्रिस्टियानो रोनाल्डो जुनियर म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्। १२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् ।

छि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेको समाचारमा जनाइएको छ । पत्रकार एडु कोर्नागोले ट्वीट गरेपछि रोनाल्डो जुनियरको रियलको एकेडेमीमा फर्केको जानकारी भएको हो ।

रोनाल्डो जुनियरले यसअघि रियलका २० खेलमा ५० भन्दा बढी गोल गरेका थिए । सन् २०१० मा स्यान डिएगोमा जन्मेका उनको उपनाम ‘क्रिस्टियानिन्हो’ वा ‘लिटिल क्रिस्टियानो हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर