हाल्यान्ड चम्किदा सिटीको सहज जित — OSNepal

हाल्यान्ड चम्किदा सिटीको सहज जित

LC (KTM) December 29, 2022 0

काठमाडौं, १४ पुस;एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार लिड्स युनाइटेड ३-१ ले हराएको छ । जितसहित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी पाँच अंकमा झारेको छ ।

सिटी १५ खेलमा ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलको समान खेलमा ४० अंक छ भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको ३३ अंक छ । चौथो स्थानको टोटनहमको ३० र पाँचौ स्थानको म्याचेस्टर युनाइटेडको २९ अंक छ ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोर्डीले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । ५१औं मिनेटमा हालान्डले सिटीको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरे । जारी सिजन २० खेलमा हाल्यान्डको यो २६औं गोल हो । उनी यसै सिजन मात्र जर्मन बुन्डेसलिगाको क्लब बासिया डर्टमन्डबाट सिटी भित्रिएका थिए । ७८औं मिनेटमा पास्कलले लिड्सका लागि सान्त्वना गोल गरे ।

सिटीले गत साता इङ्लिस लिग कपको अन्तिम १६ मा लिभरपुललाई हराएको थियो । कतार विश्वकप २०२२ को विश्रामअघिको खेलमा ब्रेन्टफोर्डलाई नतिजा सुम्पिएको सिटी विश्रामपछि भने जित लय भेट्टाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर