पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै — OSNepal

पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै

LC (KTM) December 29, 2022 0

पोखरा, १४ पुस:हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । फागुनमा प्रदेशभरका जिल्लाका खेलाडीबीच फुटसल प्रतियोगिता गर्न लागिएकाे हो ।
त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिए । उनका अनुसार कास्कीबाट मात्रै ८ र अन्य जिल्लाका ८ गरी १६ टीमबीच प्रतिष्प्रर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख पाउने छन भने उपविजेताले ५० हजार पाउने छन् । कास्कीबाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर