सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आजै फैसला हुन सक्ने — OSNepal

सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आजै फैसला हुन सक्ने

LC (KTM) December 29, 2022 0

काठमाडौं, पुस १४ । नाबालिग (१८ वर्षमुनि) कि किशोरीको बलात्कार आरोप खेप्दै थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज परेको छ।

सन्दीपको आज नै पाटन उच्च अदालतमा हुने पेसीमा बहस र फैसला हुनसक्ने सम्भावना छ । बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएसँगै गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए।

सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले बलात्कार आरोप लगाउने किशोरी १८ वर्ष मुनिको नभएको दाबी गर्दै आएका बेला पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्‍मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको थियो ।

यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर