भोलिदेखि १५ दिन सुनसरी ठप्प पारिने — OSNepal

भोलिदेखि १५ दिन सुनसरी ठप्प पारिने

LC (KTM) May 13, 2021 0

सुनसरी- सुनसरी जिल्ला यही वैशाख ३१ गते रातिदेखि ठप्प पारिने भएको छ । जिल्लामा कोरोना महामारीको संक्रमण बढ्दै गएका कारणले जिल्लामा हुने आवतजावत पूर्ण रुपमा ठप्प पार्ने निर्णय गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । शुक्रबार रातिदेखि जेठ १५ सम्म निषेधाज्ञामा कडाइ गर्नका लागिएको जनाइएको छ ।

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप
बाजुरामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । अब निषेधाज्ञा जेठ ७ गते राति १२ः०० बजेसम्मका लागि लगाइएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर