गण्डकी प्रदेशका सांसदले लिए शपथ — OSNepal

गण्डकी प्रदेशका सांसदले लिए शपथ

LC (KTM) December 29, 2022 0

पोखरा, १४ पुस:गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् । ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका हुन् । कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिएकी हुन् ।

गोरखाका सांसद नन्द प्रसाद न्यौपानेले भागवत गीतालाई हातमा लिएर शपथ लिएका छन् । ज्येष्ठ सांसद बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर