चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित — OSNepal

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

LC (KTM) December 30, 2022 0

काठमाडौं । अमेरिका, जापानलगायतका विभिन्न देशले चीनबाट त्यहाँ जाने यात्रुले कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था गरेका छन् । चीनमा देखिएको कोरोना भाइरसको लहर विश्वव्यापी फैलिन सक्ने चिन्ता बढेको छ । चीनले भाइरसको नयाँ भेरियन्टबारे यथेष्ट जानकारी नगराउँँदा विश्व समुदाय सशंकित छ ।

चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन । तर चीन सरकारको यसअघिकोे ‘ट्र्याक रेकर्ड’ राम्रो नभएका कारण उसले नयाँ भेरियन्टबारे तथ्यांक साझेदारी गर्नेमा विश्व संशकित बनेको छ । चीनमा फैलिएको भाइरसको यथार्थ अवस्थाबारे जानकारी नहुँदा विश्वभर यसको प्रकोप ह्वात्तै बढ्न सक्ने आकलन गरिएको छ ।

अमेरिकी सरकारले चीनबाट जाने यात्रुले नेगेटिभ कोभिड–१९ रिपोर्ट पेस गर्नुपर्ने घोषणा गरेको छ । चीनमा देखिएको भाइरस संक्रमणको नयाँ लहर र भाइरसको नयाँ रूपको ‘जेनेटिक सिक्वेन्स’ लगायतका विषयमा यथेष्ट जानकारी नभएका कारण अमेरिकाले यस्तो निर्णय गरेको हो ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताइवानको इपिडेमिक कमान्ड सेन्टरका प्रमुख वाङ पी सेङले चीनको वर्तमान अवस्थाबारे यथेष्ट जानकारी नहुँदा ताइवानी सरकार चिन्तित बनेको बताए । ताइवानी सरकारले आउँदो जनवरी १ देखि चीनबाट ताइवान भित्रिने हरेकको भाइरस परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । चिनियाँ नयाँ वर्षका अवसरमा त्यहाँ रहेका ३० हजार ताइवानी देश फर्कने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर