नेपाल टी ट्वान्टी लिगमा पोखराको पहिलो जित — OSNepal

नेपाल टी ट्वान्टी लिगमा पोखराको पहिलो जित

LC (KTM) December 30, 2022 0

नेपाल टी ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो । पोखराको यो पहिलो जित समेत रहेको छ । पोखराले १ सय ८० रनको लक्ष्य १९.३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

पोखराका लागि आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाए । सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रनमा आउट भए । फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाह जैशीले समान दुई दुई विकेट लिए । पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पारेको थियो ।

फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ रन बनाए । पोखराका लागि जाहिर खानले ३ तथा तुल बहादुर थापा र अमिर हम्जाले समान दुई दुई विकेट लिएका थिए । कुशल मल्ल र आरिफ शेखले समान एक एक विकेट झारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर