३ सय ज्येष्ठ नागरिकलाई समाजसेवी पराजुलीद्वारा न्यानो कपडा वितरण — OSNepal

३ सय ज्येष्ठ नागरिकलाई समाजसेवी पराजुलीद्वारा न्यानो कपडा वितरण

LC (KTM) December 30, 2022 0

मुलुकभर चिसो बढेर नागरिकहरू प्रभावित हुँदै गर्दा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का ज्येष्ठ तथा असक्त असहाय नागरिकहरूलाई न्यानोका लागी ज्याकेट वितरण गरिएको छ ।

नेकपा एमाले बलेफी–६ नंम्वर वडा कमिटीको आयोजना र समाज सेवी, नेकपा एमालेका नेता भरत पराजुलीको व्यवस्थापकीय सहयोगमा वडाका ३ सय भन्दा बढी लक्षित नागरिकहरूले यो सुविधा पाएका हुन । ‘ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित न्यानो कपडा वितरण गरिएको हो’, समाजसेवी पराजुलीले भन्नुभयो, ‘उहाँहरूले सकुन्जेल हामीलाई सहयोग गर्नुभयो, उत्प्रेरणा भर्नुभयो अव हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको हो ।’ बलेफी –६ का ज्येष्ठ तथा अशक्त नागरिकहरूलाई खादा सहित सम्मान गर्दै न्यानो ज्याकेट वितरण गरिएको हो ।

स्थानीय सङ्घ तथा प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद सहित ज्येष्ठ नागरिकलाई सम्मान दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको एमाले बलेफी–६ का वडा कमिटीका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिनुभयो ।

आफूसँग पैसा भएर पनि सुविधा लिन नसक्ने अवस्था भएका र परिवारका सदस्यहरू साथमा नभएका ज्येष्ठ नागरिकहरूको अवस्थालाई मध्य नजर गर्दै यो सेवा क्षेत्रमा आफूले केही लगानी गरेको समाज सेवी भरत पराजुलीले बत्ताउनुभयो ।

नेकपा एमालेले विभिन्न लक्षित समुदायहरूका लागी यस्ता सिर्जनात्मक कामहरू गर्दै आएको र यसलाई ठाउँ अवस्था अनुसार निरन्तरता दिँदै जाने पार्टी जिल्ला कमिटीका अध्यक्ष कमल नेपालले जानकारी दिनुभयो ।

चिसोका कारण आफूहरूलाई विभिन्न स्वास्थ्य समस्या हुने गरेको ज्येष्ठ नागरिक सुनमाया तामाङले बत्ताउनुभयो । यो न्यानो कपडा ज्याकेटले धेरै सुविधा हुने र अव एक पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिदिए अझ सजिलो हुने स्थानीय बाटुली बिकको अपेक्षा छ ।

यस वडाको मांखा स्थित कुवा पानी, भन्ज्याङ र तल्लो जालवारी लगायतका बस्तीमा ज्याकेट वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी देखिएकाले अन्य बस्ती र वडाहरूमा पनि यसलाई बिस्तारको प्रयास गरिने समाज सेवी तथा व्यवसायी पराजुलीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर