पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा — OSNepal

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

LC (KTM) December 30, 2022 0

पोखरा, १५ पुस:केहि दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लव छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लव पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

आहा राराको सर्वाधिक विजेता विभागीय टीम नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो । पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधी जितेको छ ।

खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरेका हुन् ।

थपिएको अतिरिक्त समयमा थप १ गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर