आमिर खानको चक्कर अभिनेत्री फातिमा संग रहेको खुलासा, ट्विटरमा फातिमा लाई अग्रिम बधाईको ओईरो — OSNepal

आमिर खानको चक्कर अभिनेत्री फातिमा संग रहेको खुलासा, ट्विटरमा फातिमा लाई अग्रिम बधाईको ओईरो

LC (KTM) July 04, 2021 0

बलिउडका मिस्टर परफेक्शनिष्ट आमिर खान तथा उनकी पत्नी किरण रावले आफ्नो बैबाहि सम्बन्ध अन्त्यको घोषणा गरेका छन् । यो दम्पत्तिले एकसाथ स्टेटमेन्ट निकाल्दै आफ्नो जिन्दगी अलग अलग जिउने बताएका छन् । तर छोरा आजादको रेखदेख किरण र आमिर दुबैजनाले गर्ने जनाएका छन् । उनीहरुले आफ्नो फाउण्डेशन तथा ब्यवसाय पनि साथै सम्हाल्ने जनाएका छन् ।

ट्रोलको शिकार बनिन् फातिमा सना शेख

आमिर तथा किरणको १५ बर्ष सम्म चलेको बैबाहि सम्बन्ध टुटे पनि फ्यानहरुलाई भने झट्का लागेको छ । तर सोचनीय कुरा के हो भने सामाजिक सञ्जालमा अभिनेत्री फातिमा सना शेख ट्रोलको शिकार बनेकी छिन् । आमिर खान संग दंगल तथा थग्स अफ हिन्दुस्तानमा काम गरेकी अभिनेत्री फातिमा सना शेखलाई ट्विटर प्रयोगकर्ताहरुले निशाना बनाएका छन् ।

प्रयोगकर्ताहरुका अनुसार फातिमा, आमीर खानको अर्काे पत्नी हुन सक्छिन् । यहि बिषयलाई लिएर फातिमालाई ट्रोल बनाईरहेका छन् । उनको ट्विटर प्रयोगकर्ताहरुले मज्जाक उडाईरहेका छन् । फतिमा अहिले ट्विटरमा नम्बर १ मा ट्रेण्ड भईरहेकी छिन् ।

फतिमाको आमिरका बिषयमा यस्तो छ प्रतिक्रिया

फिल्म थग्स अफ हिन्दुस्तानको बेला आमिर खानको नाम फातिमा सना संग जोडिएको थियो । त्यतिबेला फातिमाले यो बिषय अफबाह शिबाय अरु केही नभएको बताएकी थिईन् । उनले झुटो खबरबाट अनजान ब्यक्तीको सोचले केही फरक नपर्ने बताएकी थिईन् ।

उनले त्यतिबेला भनेकी थिईन्– मलाई पहिलो कुरा यो बिषयले कुनै फरक पर्दैन । तर अब अनजान ब्यक्तिहरु मलाई नजानी नबुझि मेरो बारेमा लेख्छन् पढ्छन् भने केही गर्न सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर