भगवानलाई जल चढाए कोरोना नलाग्ने हल्ला कसले चलायो ? २ दर्जन बढी समातिए — OSNepal

भगवानलाई जल चढाए कोरोना नलाग्ने हल्ला कसले चलायो ? २ दर्जन बढी समातिए

LC (KTM) May 13, 2021 0

काठमाडौं । यतिबेला भारत हुँदै नेपालमा तिब्र गतिमा कोरोना महामारी फैलिइरहेको छ । कोरकेनाका कारण जनजीवन ब्यापक प्रभाविक बनिरहेका बेला भारतको गुजरातको अहमदाबादस्थित साणंद क्षेत्रमा एउटा अफवाह फैलिएपछि हजारौँको संख्यामा मानिसहरु भेला भए । जहाँ गएकाहरु सबैले पानीको गाग्री बोकेर हिँडिरहेका थिए ।

उक्त भिडमा कसैले हिन्दू देवता बलिया देवलाई जल अभिषेक गरे मानिसहरु कोरोनाबाट बच्न सक्ने हल्ला फैलाए पछि निधराड र नवापुरा गाउँका महिलाहरु आफ्नो टाउकोमा पानीको गाग्री बोकेर मन्दिर गएको भारतीय मिडियाले उल्लेख गरेका छन् । मानिसहरु नवापुरा गाउँ र साणंदको निधराड गाउँबाट ठूलो संख्यामा पानी लिएर बलिया देव मन्दिर पुगेको भारतीय मिडियामा उल्लेख छ ।

यस्तो अपवाह फैलाएको आरोपमा गुजरात प्रहरीले २ दर्जन बढी मानिसहरुलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएइको छ । नवापुरा गाउँको सरपञ्चलाई पनि पक्राउ गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर