चलचित्र 'रामायण'मा दीपिका र करिनामध्ये कसले पाउलिन् सीताको भूमिका ? रस्साकस्सी सुरु — OSNepal

चलचित्र ‘रामायण’मा दीपिका र करिनामध्ये कसले पाउलिन् सीताको भूमिका ? रस्साकस्सी सुरु

LC (KTM) May 13, 2021 0

काठमाडौँ । बलिउड सुपरस्टार ऋतिक रोशन ‘रावण’को चरित्रमा देखिँदैछन् भने साउथ सुपरस्टार महेश बाबु भगवान ‘राम’को भूमिकामा देखा पर्दैछन् । भारतीय चर्चित निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रामायण’मा नायिका कसलाई लिने भन्नेमा निर्माता निर्देशक अहिले नै टुंगोमा पुगिसकेका छैनन् ।

बलिउडको प्रतिक्षित प्रोजेक्टका रुपमा हेरिएको रामायणमा यसअघि अभिनेत्री दीपिका पादुकोणको नाम चर्चामा आए पनि अहिले निर्माताको नजर करिना कपूरतिर गएका कारण अझै नायिका तय भइनसकेको बताइएको छ । ‘सीता’को भूमिकाका लागि कसलाई लिने भन्नेमा निर्माता निर्देशक अझै छलफलमा नै रहेका कारण करिना र दीपिकाबिच पनि रस्साकस्सी सुरु भएको बताइएको छ ।

रामायणमा आधारित कैयौं फिल्म बनिसकेको भएता पनि ऋतिक रोशन , महेश बाबु लगायतका स्टारहरु खेलेको ठूलो पर्दाको फिल्म भएका कारण यो फिल्मलाई प्रतिक्षित मानिएको छ । कोभिड महामारीको समाप्तिसँगै फिल्म छायांकन गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर