हात्तीको आक्रमणले पत्नि कृष्णमायाको निधन, गम्भीर घाइते पति शान्तिरामको उपचार हुँदै — OSNepal

हात्तीको आक्रमणले पत्नि कृष्णमायाको निधन, गम्भीर घाइते पति शान्तिरामको उपचार हुँदै

LC (KTM) January 01, 2023 0

झापा । हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। खबर हो झापाको । जहाँ हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो। हात्तीले घर भत्काउन थालेपछि उनीहरु भाग्न खोज्दा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो।

हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ। शान्तिरामको घरमा एक छावासहित ४ वटा हात्तीको बथान गएको थियो ।

शनिबार साडे १० बजेदेखि नै हात्ति बस्तीमा देखिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर