निर्मला कुर्मीको न्यायिक आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता — OSNepal

निर्मला कुर्मीको न्यायिक आन्दोलनमा डा. गोविन्द केसीको ऐक्यबद्धता

LC (KTM) January 01, 2023 0

काठमाडौं, १७ पुस । निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।

रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन् ।

बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको आइतबार चार दिन भइसकेको छ ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चार बुँदे माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर