डोटीमा ६० वर्षीय धरु मृत फेला — OSNepal

डोटीमा ६० वर्षीय धरु मृत फेला

LC (KTM) January 01, 2023 0

धनगढी, १७ पुस;डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् ।

कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा शव फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर