बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन हस्तान्तरण — OSNepal

बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन हस्तान्तरण

LC (KTM) May 13, 2021 0

महोत्तरी, ३० वैशाख- कोरोना सङ्क्रमण वृद्धिभएसँगै बर्दिबास अस्पताललाई ५० सिलिण्डर अक्सिजन प्रदान गरिएको छ । बर्दिबास–१ का उद्योगी उमेश साहले आज अस्पताललाई ती अक्सिजनका सिलिण्डर हस्तान्तरण गर्नुभयो ।उहाँले बर्दिबास नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिदुरकुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको हो । व्यवसायि साहले आपूmले उपलव्ध गराएको अक्सिजन सिलिण्डर सङ्क्रमित र अन्य कारणले ज्यान जोखिममा रहेका बिरामीका लागि प्रयोग गर्न आग्रह गर्नुभयो ।

नगरप्रमुख कार्कीले धमाधम सङ्क्रमित बढी रहेका बेला ती अक्सिजन सिलिण्डर ज्या न बचाउन सहयोग गर्ने बताउनुभयो । अस्तालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले जटिल सङ्क्रमितलाई जोगाउन लागि अक्सिजनका सिलिण्डर प्रयोग गरिने जानकारी दिनुभयो ।

अस्पतालले पिसिआर उपकरण जडान गरी स्वाव सङ्कलन र परीक्षण सेवा दिदै आएको छ । गत हिउँदमा सङ्क्रमण देखिन छाडेपछि स्थगित गरिएको यो सेवा दोहोरिएर सङ्क्रमण बढेपछि पुनः सुचारु ग्रिएको हो । अक्सिजन सुविधासहितको १०० श्ययाको आइसोलेशन कक्ष सञ्चालन गरिन लागिएको नगरप्रमुख कार्कीले बताउनुभयो ।

अस्पतालबाट ६३० जनाको स्वाव सङ्कलन गरिएको छ । ती मध्ये १९२ को नतिजा आउन बाँकी रहेको र २१० जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु यादवले जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएमध्ये १०० हाराहारी नगरक्षेत्रका र अन्य अन्यत्रका रहेका जनस्वास्थ्य निरीक्षकसमेत रहनु भएका यादवले उल्लेख गर्नुभयो ।

अस्पतालमा हालसम्म अक्सिजन नै प्रयोग गर्नुपर्ने प्रकृतिका सङ्क्रमित हालसम्म नरहेका अस्पतालले जनाएको छ । यसैबीच आज बिहीवार कोविड–१९ सङ्क्रमणसँग मेल खाने लक्षण देखिएका १५ जनाको एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर