नेपाली बहादुर छन् भनेर उनीहरूकाे बौद्धिकता छायाँमा पार्न खोजिएको ओलीकाे आराेप — OSNepal

नेपाली बहादुर छन् भनेर उनीहरूकाे बौद्धिकता छायाँमा पार्न खोजिएको ओलीकाे आराेप

LC (KTM) January 02, 2023 0

काठमाडौं, १८ पुस :पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका देख्दा, युवाले पढ्न नपाएको देख्दा, दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन् । यस्ता समस्या तत्काल पुरा गर्न नसके पनि सदैव यसका लागि तत्पर रहेको उनले जिकिर गरे ।

बानेश्वस्थित ग्लोबल कलेज म्यानेजमेन्टमा एक्प्लोर आइडिया क्लबले आयोजना गरेको कार्यक्रममा उनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्न दीर्घकालिन योजना ल्याउने कोसिस गरिरहेको बताए ।

‘विद्यार्थीसँग पूर्वप्रधानमन्त्री : प्रेरणा र जीवन दर्शन’ शीर्षकको अन्तर्क्रियामा उनले हाम्रो पुस्तालाई नेपाली बहादुर छन् भन्ने कुरा गरेर बौद्धिकता नै छायाँमा पार्न खोजिएको आरोप लगाए ।

‘हाम्रा अग्रजहरू बलिया थिए । साहसी थिए । यति मात्र होइन वौद्धिक पनि थिए । यसतर्फ भने कतै चर्चा भएको छैन’, उनले भने, ‘अब यसतर्फ चर्चा गर्न जरुरी छ। हाम्रो दर्शन, मान्यता नै हाम्रा पुस्ताले आर्जन गरेका हुन् । यो विद्वताको उदाहरण हुन् ।’

अबका युवाले उर्जाशील भएर आफूले पढेको ज्ञानका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने ओलीले स्झाब दिए । विद्यार्थीले नै आयोजना गरेको उक्त कार्यक्रममा ओलीलाई विद्यार्थीले विभिन्न प्रश्न गरेका थिए। ओलीले विद्यार्थीहरूसँग करिब तीन घण्टा अन्तरक्रिया गरेका थिए।

उक्त कार्यक्रममा ओलीले नवनिर्मित फुटसलको पनि उद्घाटन गरेका थिए । केहीबेर विद्यार्थीहरूसँग फुटसल खेलेर माहोल तताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर