समाजसेवा होस त देबेन्द्रको जस्तो, जस्को पहलमा पाए कृषकले बोरिङ मेसिन — OSNepal

समाजसेवा होस त देबेन्द्रको जस्तो, जस्को पहलमा पाए कृषकले बोरिङ मेसिन

LC (KTM) January 03, 2023 0

कानेपोखरी । नेपाली कांग्रेसका जिल्ला सदस्य कानेपोखरीबासीका मन जित्न सफल ब्यक्तित्व हुन् ,समाजसेवी देवेन्द्र लुईटेल । लामो समयदेखी सामाजिक हितमा क्रियाशिल रहेका लुईटेलले थुप्रै परोपकारि काम गरेको सर्वबिदित्तै छ। आफ्नो गाउँ कानेपोखरी गाउँपालिकालाई समाज सेवा गर्ने आधार क्षेत्रका रुपमा विभिन्न समयमा विभिन्न बिधाबाट सामाजिक काम गर्दै आउनुभएका लुईटेलको कामबाट स्थानीय खुशी ब्यक्त गर्छन्।

कानेपोखरीवासी गरिव तथा अति बिपन्न बर्गलाई कहिले जाडोमा न्यानो कम्बल, लत्ता कपडा, टोपी, खाद्यान्य, युवालाइ खेलकुदका सामाग्री फुटबल, भलिवल, क्रिकेट जर्सि, बुट सहयोग गर्दै आउनुभएको छ। यतिमात्र काहाँ होर, कहिले सामुदायिक बिद्यालयमा आकर्षण बढोस भन्दे उदेश्यले उत्कृष्ठ अंक ल्याउने एसईई उत्तिर्ण विद्यार्थीलाई क्याम्पस आवत—जावत गर्न सजिलो होस भनि साईकल बितरण त सामुदायिक बिद्यालयमा पढ्ने साना बाबुनानिलाई झोला, किताब, कापि, सिसा कलम ड्रेस दिदै समाज सेवा गर्छन त कहिले दसैंमा बुढा पाकाको हातको टीका आर्शिवाद थाप्छन् । अनि उहाँहरुलाई दोसल्ला, ढाका टोपी ओढाउदै मिष्ठान्न भोजन गराँउछन ।

निरन्तर जनताको सेवामा केहि न केहि सामाजिक काम गर्न रुचाँउने दुईटेलको मन पछिल्लो समय कृषकको मन जित्नेमा काममा लाग्नुभएको छ। कृषकको आबश्यकतालाई ध्यानमा राख्दै विशेष गरि खडेरीमा प्रयोगमा आउने कृषि बोरिङ, सेलो टुवेल, सिचाई मोटर लगायत त्यसकालागि प्रयोगहुने सम्पुर्ण सामाग्री बिभिन्न संघसंस्था निकायहरुसँग पहल गरी निसुल्क उपलब्ध गराई रहनुभएको छ । जसले गर्दा कानेपोखरीका कृषकको अनुहारमा उज्यालो छाएको छ ।

कृषिको लागि पानीको सहजता मिलेको कृषकहरु बताँउछन् ।यस भन्दा अगाडि युवाहरुको माँझमा अतिनै लोकप्रिय मानिएका लुईटेल महिला दिदी बहिनिहरुका अधिकांश काक्र्रक्रममा साथमा—साथ दिएर कतै कृतन मण्डलीलाई साउण्ड सिस्टम, हारमुनियम, मादल मण्डलीलाई ड्रेस, मठ मन्दिरमा सहयोग, महिला संघको देउसी भैलो, बन भोज जस्ता चलायमान गराउने कार्यक्रम विशेष गरि उहाकै सकृयतामा संम्पन्न हुने गर्छन ।

देउसी भैलो बाट संकलित रकमले सामाजिक कार्यमा लामो समय सकृय देखिन्थो,महिला संघ पनि । यस्तै कारणले लोकप्रियता कमाउदै गएका देवेन्द्र पछिल्लो समय कृषि पेशामा निर्भर कानेपोखरीका कृषकको मन जित्न विभिन्न संघ संस्था सग सहयोग माग्दै कृषकलाई सहयोग गर्दै हुनुहुन्छ ।

आसा गरौ उहाँले कानेपोखरी बासि सबैको मन जित्न सफल हुनुहोस । उहाँलाई आगमि दिनको लागि हाम्रो पनि शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर