३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरले जित्यो — OSNepal

३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरले जित्यो

LC (KTM) January 04, 2023 0

लमजुङ १९ पुस;चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।

लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो ।
रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले ग्ल गरे । सन्दीप श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुके ।

बागमतीका दिब गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसीम राईले गोल गरे । दिपेश चाम्लिङ राई र आयुष राना पेनाल्टीमा चुके ।

पेनाल्टी अघि अनिल रानाले १८ औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दै रोड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए । सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाए । उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रबिन बस्नेत चुनिएका छन् ।

त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर