आगोमा जलेर मेखबहादुरका २२ वर्षीया छोरी ममता र बुहारीको मृत्यु, ३ जना घाइते — OSNepal

आगोमा जलेर मेखबहादुरका २२ वर्षीया छोरी ममता र बुहारीको मृत्यु, ३ जना घाइते

LC (KTM) January 04, 2023 0

पाँचथर -पाँचथरमा आगोमा जलेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबे रहेको प्रहरीले जनाएको छ । फिदिम नगरपालिका–८ घुमाउनेटारमा रहेको मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी भएको थियो ।

आगलागीमा परी अन्य दुई जना घाइते भएका छन् भने तीन जनाले भागेर ज्यान जोगाउन बचाउन सफल भउका छन् । आगो लागेर टिनको छानो भएको तीन तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

बिजुलीको लाइन सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएपनि कारण भने खुल्न नसकेको बताइएको छ ।राति साढे १ बजे लागेको आगो आज बिहान सवा ४ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर