अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा — OSNepal

अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा

LC (KTM) January 04, 2023 0

कपिलवस्तु-शीतलहरसँगैँ अत्यधिक चिसो बढेपछि कपिलवस्तुका सामुदायिक विद्यालयमा बिदा दिइएको छ । चिसो बढेपछि जिल्लाका पालिकाहरुले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् । कपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा मायादेवी, यशोधरा र विजयनगर गाउँपालिकाले बिद्यालय बन्द गरेका छन् । शिवराज नगरपालिकाले १४ दिनका लागि सबै विद्यालयमा बिदा दिएको छ । शिवराज नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत पूर्ण विश्वकर्माले नगरभित्रका सबै सामुदायिक विद्यालय आगामी माघ आठ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिनुभयो ।

यस्तै कपिलवस्तु नगरपालिकामा आठ दिन, महाराजगञ्ज नगरपालिकामा १२ दिन, मायादेवी गाउँपालिकामा आठ दिन, यशोधरा गाउँपालिकामा आठ दिन, विजयनगर गाउँपालिकामा सात दिन तथा शुद्धोधन गाउँपालिकाका विद्यालयमा नौ दिन बिदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर