सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ : उपसभापति गुरुङ — OSNepal

सुधारको पहल नगरे अर्थतन्त्र सङ्कटमा फस्छ : उपसभापति गुरुङ

LC (KTM) January 04, 2023 0

सुरुङ्गा (झापा), – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको उद्घाटन गर्नुहुँदै उहाँले नेतृत्वले अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन नसक्दा देश दिनानुदिन आर्थिक सङ्कटतर्फ धकेलिएको बताउनुभयो ।

नेता गुरुङले जनता र देशका लागि काम गर्ने नेताको अभावमा मुलुकले अनेकौँ समस्या झेलिरहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उपसभापति गुरुङले सत्ता प्राप्तिको खेलले जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको तर्क गर्नुभयो । ठूलो शक्तिलाई पाखा लगाएर बनाइएको यो सरकार धेरै दिन नटिक्ने उहाँको टिप्पणी थियो । उहाँले मुलुकको मियो नै कांग्रेस भएको बताउँदै कांग्रेसबिनाको सरकार कल्पनासमेत गर्न नसकिने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर